दोखुको वनमा लागेको डढेलोले चार घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नष्ट भएका हुन् । 

वनमा लागेको डढेलोले दोखुका स्थानीय नरहरि पौडेल र डिल्ली पौडेलको घर जलेर नष्ट भएको छ । नरहरि र डिल्ली पौडेलको घर आइतबार दिउँसो करिव ५ बजेतिर जलेको स्थानीय अमर विकले जानकारी दिनुभयो । उहाँका अनुसार सोही डढेलोले बिहान स्थानीय पार्वता विश्वकर्माको दुई वटा घर जलेर नष्ट भएका थिए । 

घर नजिकको वनमा लागेको डढेलोले चार घरमा आगलागी भएको र क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र सो टोली फर्केपछि मात्र क्षतिको विवरण आउने लुङ्गेलीले बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १३:५१

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४

एक महिनापछि ताप्लेजुङमा भयो उडान

ताप्लेजुङ । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ