दोखुको वनमा लागेको डढेलोले चार घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नष्ट भएका हुन् । 

वनमा लागेको डढेलोले दोखुका स्थानीय नरहरि पौडेल र डिल्ली पौडेलको घर जलेर नष्ट भएको छ । नरहरि र डिल्ली पौडेलको घर आइतबार दिउँसो करिव ५ बजेतिर जलेको स्थानीय अमर विकले जानकारी दिनुभयो । उहाँका अनुसार सोही डढेलोले बिहान स्थानीय पार्वता विश्वकर्माको दुई वटा घर जलेर नष्ट भएका थिए । 

घर नजिकको वनमा लागेको डढेलोले चार घरमा आगलागी भएको र क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र सो टोली फर्केपछि मात्र क्षतिको विवरण आउने लुङ्गेलीले बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रकाशित मिति : 1:51 pm

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले