तेह्रथुमको फेदापमा आगलागी, १६ घर जलेर नष्ट



तेह्रथुमको फेदाप गाउँपालिका–१ को टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट १६ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगो निभाउन गाह्रो भएको अध्यक्ष भेटवालले बताउनुभयो । आगलागी भएको ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसोदेखि लागेको आगो निभाउन गाह्रो भइरहेको अध्यक्ष भेटवालले बताउनुभयो ।

प्रकाशित मिति : 12:30 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन