बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ भिड्दै



बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधिका लागि आज काठमाण्डौको न्यूरोड टिम (एनआरटी) र मोरङ फुटबल क्लब खेल्दैछन् । फाइनल खेल धरान रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा आयोजक धरानलाई पेनाल्टीमा हराउँदै मोरङ र गएको संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै एनआरटी उपाधि नजिकै पुगेको हो । एनआरटीले १० औँ संस्करणको उपाधि जितेको थियो ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रकाशित मिति : 5:34 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन