सामाजिक सञ्जाल सूचीकृत शुरु : भाइबर दर्ता, लिंक्डईन र स्न्यापच्याट प्रक्रियामा



काठमाडौं । सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट दर्ता हुने क्रममा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा अहिलेसम्म भाइबर, लिंक्डईन र स्न्यापच्याट सूचीकृत हुन मन्त्रालय आएका थिए ।

यसमध्येमा भाइबरको सबै प्रक्रिया पूरा भइ दर्ता गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्र प्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । प्रवक्ता सुवेदीका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका जारी भएसँगै सूचीकृत गर्न थालिएको हो । लिंक्डईन र स्न्यापच्याटको दर्ता हुने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

लिंक्डईनले सबै कागजात बुझाइसकेकोले केही दिनमै दर्ता हुने उहाँको भनाइ छ । स्न्यापच्याटले भने केही कागजात बुझाउन बाँकी छ । गएको मंसिर १५ गते नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत हुन आह्वान गरेको थियो । मन्त्रालयले सामाजिक सञ्जालहरुलाई सूचीकृत हुनका लागि कुनै पनि शुल्क नलाग्ने जनाएको छ ।

देशभित्र सञ्चालित सामाजिक सञ्जालहरुलाई व्यवस्थित बनाउनका लागि सूचीकृत गर्न थालिएको मन्त्रालयको भनाइ छ । फेसबुक, एक्स, यूट्युब, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुलाई पनि दर्ताको लागि मन्त्रालयले जानकारी गराइसकेको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिकाले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने उल्लेख छ । सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने पनि निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति : 5:27 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका