पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरुद्धमा विरोध प्रदर्शन



ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरुद्धमा मुक्कुम्लुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । बिहीबार फुङ्लिङस्थित ट्याक्सी काउन्टर लाइनमा कोणसभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले निर्माण कर्ताले स्थानीय सँग प्रत्यक्ष रुपमा समन्वय नगरेको प्रति असन्तुष्ट प्रकट गरेका थिए । केबलकारको निर्माण भएमा स्थानीय होटल व्यवसायी यातायात व्यवसायी मर्कामा पर्ने हजारौं वर्ष अगाडिका रूखहरू नष्ट हुने कुरा उल्लेख गर्दै विगत धेरै वर्ष अगाडि आन्दोलन गर्दै आइरहेका छन् । 

यस परियोजनाले जिल्ला बासीलाई नभएर सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गरेका छन् । केबलकार निर्माण पश्चात पनि जिल्लावासीको  लगानी डुब्ने समेत औँल्याएका थिए । प्राकृतिक प्रकोपका कारण सो क्षेत्रमा केबलकार निर्माण भएपनि सञ्चालनमा  बाधा पुग्ने भएकोले जिल्लावासीको लगानी खेर जाने समेत धारणा व्यक्त गरेका थिए । 

खुल्ला कोण सभामा पहिचान पक्षधरका  पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : 2:07 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा