मैवाखोला मा.बि. तेम्बेमा सिसि क्यामेरा जडान



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालयमा सीसी क्यामरा जडान गर्न थालिएको छ । गाउँपालिकाको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत मैवाखोला मा.बि. ढुङ्गेसाँघु तेम्बेमा सिसि क्यामेरा जडान, बायोमेट्रिक इ-हाजिरी र स्मार्ट बोर्ड जडान कार्य सुरु गरिएको हो । 

पछिल्लो समय खस्किँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनसमेत विद्यालयमा सीसी क्यामरा लगायतका प्रविधि जडान गरिएको गाउँपालिका अध्यक्ष विजय वनेमले बताउनुभयो ।  

यसअघि मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सीसी क्यामरा, इ–हाजिरी र स्मार्ट बोर्ड जडान गरिएको छ । अध्यक्ष वनेमका अनुसार नेपाल सरकारको नमुना विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत नारायणी मावि साँघुमा सीसी क्यामरा जडान गरिएको थियो । 

उहाँले गाउँपालिकाको छुट्टै नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत मैवाखोला मा.बि.मा पनि उक्त प्रविधि जडान गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति : 2:26 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई