मैवाखोला मा.बि. तेम्बेमा सिसि क्यामेरा जडान



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालयमा सीसी क्यामरा जडान गर्न थालिएको छ । गाउँपालिकाको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत मैवाखोला मा.बि. ढुङ्गेसाँघु तेम्बेमा सिसि क्यामेरा जडान, बायोमेट्रिक इ-हाजिरी र स्मार्ट बोर्ड जडान कार्य सुरु गरिएको हो । 

पछिल्लो समय खस्किँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउनसमेत विद्यालयमा सीसी क्यामरा लगायतका प्रविधि जडान गरिएको गाउँपालिका अध्यक्ष विजय वनेमले बताउनुभयो ।  

यसअघि मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सीसी क्यामरा, इ–हाजिरी र स्मार्ट बोर्ड जडान गरिएको छ । अध्यक्ष वनेमका अनुसार नेपाल सरकारको नमुना विद्यालय विकास तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत नारायणी मावि साँघुमा सीसी क्यामरा जडान गरिएको थियो । 

उहाँले गाउँपालिकाको छुट्टै नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत मैवाखोला मा.बि.मा पनि उक्त प्रविधि जडान गरिएको जानकारी दिनुभयो । 

प्रकाशित मिति : 2:26 pm

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई

जिसस प्रमुख लामाको पद कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

ताप्लेजुङ, जेठ ८ गते । सर्वोच्च अदालतले जिल्ला समन्वय समिति

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण