ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मंगलबारदेखि विशेषज्ञ चिकित्सकको सहभागितामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको हो ।

एक एक पाइला नामक संस्था र गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर सुरु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार शिविरको पहिलो दिन उल्लेख्य सेवाग्राहीले सहभागिता जनाएका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा जेनेरल मेडिसिन, छाला रोगसम्बन्धी सेवा, नाक, कान, घाँटी, दाँत रोग, स्त्री तथा प्रसूति, कलेजो, हाडजोर्नी, बाल रोगसम्बन्धी लगायतका उपचार सेवा प्रवाह गरिँदै आएको छ । यसैगरी प्याथालोजी, रेडियोलोजी, इन्डोसकोपी, सामान्य शल्यक्रियाजस्ता सेवाहरु प्रवाह गर्नेगरी शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविर बिहीबार सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट भू–बनावट भएको स्थानीय तह हो । यसअघि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतको प्रत्यक्ष संलग्नतामा फक्ताङ्लुङ गाउँपालिकाले निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । eujyalopost.com

प्रकाशित मिति : 1:11 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी