ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोकमा मंगलबारदेखि विशेषज्ञ चिकित्सकको सहभागितामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको हो ।

एक एक पाइला नामक संस्था र गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर सुरु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार शिविरको पहिलो दिन उल्लेख्य सेवाग्राहीले सहभागिता जनाएका छन् ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा जेनेरल मेडिसिन, छाला रोगसम्बन्धी सेवा, नाक, कान, घाँटी, दाँत रोग, स्त्री तथा प्रसूति, कलेजो, हाडजोर्नी, बाल रोगसम्बन्धी लगायतका उपचार सेवा प्रवाह गरिँदै आएको छ । यसैगरी प्याथालोजी, रेडियोलोजी, इन्डोसकोपी, सामान्य शल्यक्रियाजस्ता सेवाहरु प्रवाह गर्नेगरी शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शिविर बिहीबार सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट भू–बनावट भएको स्थानीय तह हो । यसअघि वरिष्ठ नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतको प्रत्यक्ष संलग्नतामा फक्ताङ्लुङ गाउँपालिकाले निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । eujyalopost.com

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०१:११

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि

वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 

ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ

भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने

ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको

पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 

ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि