फुङ्लिङ नगरपालिकामा ११७ जना भूमिहीन



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एकसय सत्र जना भूमिहीन रहेको पाइएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले फुङ्लिङ नगरपालिकामा मात्र उक्त सङ्ख्यामा भूमिहीन रहेका जनाएको हो ।

समितिले मंगलबार पत्रकार सम्मेलन गरी भूमिहीन सुकुम्बासीहरुको विवरण सार्वजनिक गरेको हो । फुङ्लिङ नगरपालिकामा सो सङ्ख्यामा वर्षौँदेखि लालपुर्जाविहीन रहेका भूमिहीनहरु फेला परेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले दुई वर्ष अघिदेखि आयोगले भूमिहीन परिवारको खोजी तथा विवरण संकलन गर्दै आएको र हालसम्म फुङ्लिङका मात्र ११७ जना भूमिहीन प्रमाणित भएका बताउनुभयो ।

प्रमाणीकरण भएका भूमिहीनमध्ये भूमिही दलित ३६ जना, भूमिहीन सुकुम्बासी ७० र अव्यवस्थित बसोबासी ११ जना रहेका छन् । फुङ्लिङ नगरपालिकामा १७३ जनाले आफूहरु भूमिहीन भएको भनी समितिसमक्ष निवेदन दिएका थिए । प्रमाणीकरण भएका फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई गत पुस २६ गते नै समितिले जग्गाको निस्सा वितरण गरेको थियो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि भूमिहीनको सङ्ख्या प्रमाणिकरणको प्रक्रिया जारी रहेको समिति अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिकामा पनि पालिकास्तरबाट २८ जना भूमिहीन प्रमाणीकरण भएका छन् । पालिकास्तरबाट प्रमाणीकरण भई उनीहरुलाई गाउँपालिकाले निस्सासमेत नितरण गरिसकेको छ । गाउँपालिकाद्वारा जग्गाको निस्सा वितरण गरिएको भूमिहीनको अन्तिम प्रमाणीकरण भने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले गर्ने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।

यस्तै सिरिजंघा गाउँपालिकाले पनि आउँदो आइतबार स्थानीय स्तरमा प्रमाणीकरण भएका भूमिहीनलाई निस्सा वितरण गर्ने तयारी गरेको समितिले जनाएको छ । त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा पनि निस्सा वितरण गर्ने प्रक्रिया तीव्र रुपमा भइरहेको समितिका विज्ञ सदस्य बालहाङ याक्सोले जानकारी दिनुभयो । नौ स्थानीय तह रहेको जिल्लाका अन्य पालिकामा भने अझै भूमिहीनको सङ्ख्या प्रमाणीकरण गर्ने काम पूरा भइनसकेको याक्सोले बताउनुभयो ।

यता जिल्लाभरमा एक हजार ४३५ जनाले भूमिहीन भएकोभन्दै जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष निवेदन दिएका छन् । समितिले २०७९ साल पुस २२ गते सूचना प्रकाशित गरी भूमिहीनका लागि निवेदन आह्वान गरेको थियो । उक्त सूचनाको अवधिभित्र भूमिहीन दलित १९६ जना, भूमिहीन सुकुम्बासी ४२६ र अव्यवस्थित बसोबासीको ८१३ जनाले निवेदन दिएका थिए ।

कतिपय स्थानीय तहले तदरुकता नदेखाउँदा निवेदन दिएको लामो समय भइसक्दा पनि भूमिहीन प्रमाणीकरण गर्ने कार्यमा ढिलाइ भइरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आरोप रहेको छ । समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, भूमि आयोग जिल्ला समिति सदस्य(सचिव एवम् नापी कार्यालय प्रमुख रजिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।eujyalopost.com

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ०१:०५

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता