राष्ट्रिय सभा अध्यक्षका लागि मतदान आज, चुनावी मैदानमा दाहाल र शर्मा



राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ। बिहान ११ : ९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्। २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन्।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमा पार्टीको बाँके सभापति भएर काम गरेका थिए।

गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०१:०२

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको