इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान आजबाट शुरु



इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजबाट शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।

रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ००:५५

कृषि मन्त्री हाङगामको निर्देशनमा अनुगमन : सुनसरीका तीन स्थानीय तहबाट  एक हजार २४ केजी अवैध बीउ जफत 

ताप्लेजुङ । सुनसरी जिल्लाका विभिन्न गाउँपालिकामा सूचीकृत तथा दर्ता नभएका

माओवादी केन्द्र आठराई त्रिवेणीको अध्यक्षमा बिमला लिम्बू चयन, वाईसीएलमा वनेम

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) आठराई त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा

मैवाखोला गाउँपालिकाले अनुदानमा कृषकलाई दियो चौँरी तथा याक

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक

एक साता बन्द इँवाखोलाबाट विद्युत उत्पादन सुरु

ताप्लेजुङ । ताप्लेजुङमा करिब एक सातादेखि बन्द रहेको इँवाखोला जलविद्युत

ताप्लेजुङका ६ बहुवर्षे योजना कोशी प्रदेश सरकारद्धारा स्वीकृत

ताप्लेजुङ। कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे