पाथीभरा (मुकुलुङ)मा केबलकार निर्माण तत्काल अघि बढाउन राजनीतिक दलहरूको आग्रह



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुलुङ)मा केबलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको आह्वानमा संसद्मा प्रतिनिधित्व गर्ने जिल्लाका सबै राजनीतिक दलको बैठकले केबलकार निर्माणसम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निर्माण सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन् ।

केबलकार कम्पनीले केबलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा उपस्थित राजनीतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केबलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् ।

केबलकार जिल्लाको सर्वांगीण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने दलका प्रतिनिधिहरुले बताएका छन् ।

आईएमई समूहको अगुवाइमा ताप्लेजुङको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्ने योजना छ ।

पाथीभरा पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्वको क्षेत्र हो ।ekantipur.com

प्रकाशित मिति : 12:52 am

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान