सानिमा हाइड्रोपावरद्वारा नारी दिवसको अवसरमा महिला कर्मचारीलाई सम्मान



ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना महिला कर्मचारीलाई सम्मान गरेको छ।

शुक्रबार ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ताप्लेजुङस्थित निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत महिला कर्मचारीलाई हाइड्रोपावर लिमिटेडले सम्मान गरेको हो।

मध्य–तमोर जलविद्युत आयोजनाका व्यवस्था, स्वास्थ्य तथा सुरक्षा अधिकृत फुर्वा शेर्पाका अनुसार विभिन्न फाँटमा कार्यरत महिला कर्मचारीलाई सम्मान गरिएको हो। आयोजनाका प्रमुख डा।मणिराज पोख्रेलले उपहार प्रदान गर्दै महिला कर्मचारीलाई सम्मान गर्नुभएको शेर्पाले जानकारी दिनुभयो।

महिला कर्मचारीलाई सम्मान गर्नु हुँदै आयोजना प्रमुख डा. पोख्रेलले उहाँहरूको जिम्मेवारी र भूमिकाको प्रशंसा पनि गर्नुभएको छ। महिला कर्मचारीले बहन गर्दै आएको कामको प्रशंसा गर्दै उहाँहरूलाई डा. पोख्रेलले थप हौसलासमेत दिनुभएको शेर्पाले बताउनुभयो।

कार्यक्रममा आयोजनाको प्रशासन, इन्जिनियरिङ विभाग, वातावरण विभाग, स्वास्थ्य सुरक्षा विभाग लगायतमा आबद्ध कर्मचारी तथा जनशक्तिको सहभागिता रहेको थियो।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हालसम्म आयोजनाको ९५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 12:37 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका