फुङ्लिङमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आजबाट उपमेयर कप सुरु हुने



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आजदेखि दोस्रो उपमेयर कप सुरु हुँदै छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुङ्लिङ नगरपालिकाको आयोजनामा अन्तर–पालिकास्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

यो सँगै प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार जिल्लाका आठ स्थानीय तहले सहभागिता जनाउने भएका छन् ।

आज हुने उद्घाटन अर्थात पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबीच हुने छ । यस्तै दोस्रो खेल शनिबार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबीच हुने छ ।

शनिबार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिबेणी र सिरिजंघा गाउँपालिकाबीच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरु भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने छन् ।

फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने छ ।

प्रकाशित मिति : 1:17 am

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग