फुङ्लिङमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आजबाट उपमेयर कप सुरु हुने



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आजदेखि दोस्रो उपमेयर कप सुरु हुँदै छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुङ्लिङ नगरपालिकाको आयोजनामा अन्तर–पालिकास्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

यो सँगै प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । नगरपालिकाले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार जिल्लाका आठ स्थानीय तहले सहभागिता जनाउने भएका छन् ।

आज हुने उद्घाटन अर्थात पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबीच हुने छ । यस्तै दोस्रो खेल शनिबार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबीच हुने छ ।

शनिबार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिबेणी र सिरिजंघा गाउँपालिकाबीच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरु भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने छन् ।

फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ०१:१७

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको