ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार कोशी प्रदेश, ताप्लेजुङ जिल्ला र पालिकास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको हो । प्रतियोगिता यही फागुन २७ देखि ३० गतेसम्म सञ्चालन गर्नेगरी तयारी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रशासकीय केन्द्र थेचम्बूमा गाउँपालिकाले भर्खरै निर्माण गरेको ब्याडमिन्टन भवनको उद्घाटन पनि यही समयमा हुने र प्रतियोगिता नवनिर्मित भवनमा सञ्चालन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार कोशी प्रदेश स्तरीय मेन्स डबल्स ९सिनियर० र भेट्रान्स डबल्स ९४५ वर्षमाथि० ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मेन्स डबल्सतर्फ विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । यस्तै भेट्रान्स डबल्सतर्फका विजेताले २० हजार र उपबिजेताले १५ हजार रुपियाँ नगद पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । यस्तै जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स र मेन्स डबल्स ९जुनियर० र जनप्रतिनिधि डबल्स विधाको प्रतियोगितासमेत सञ्चालन हुने भएको छ ।

जिल्लास्तरीय कर्मचारी डबल्सका विजेताले २० हजार रुपियाँ र उपविजेताले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । मिक्स डबल्सका विजेताले १५ हजार रुपियाँ र उपविजेताले १० हजार रुपियाँ नगद पुरस्कार पाउने भएका छन् । मेन्स डबल्स ९जुनियर०का विजेताले २० हजार र उपबिजेताले १५ हजार, जनप्रतिनिधि डबल्सका विजेताले १५ हजार तथा उपबिजेताले १० हजार रुपियाँ पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १२:५७

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो