ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार कोशी प्रदेश, ताप्लेजुङ जिल्ला र पालिकास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी गरिएको हो । प्रतियोगिता यही फागुन २७ देखि ३० गतेसम्म सञ्चालन गर्नेगरी तयारी गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

प्रशासकीय केन्द्र थेचम्बूमा गाउँपालिकाले भर्खरै निर्माण गरेको ब्याडमिन्टन भवनको उद्घाटन पनि यही समयमा हुने र प्रतियोगिता नवनिर्मित भवनमा सञ्चालन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार कोशी प्रदेश स्तरीय मेन्स डबल्स ९सिनियर० र भेट्रान्स डबल्स ९४५ वर्षमाथि० ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मेन्स डबल्सतर्फ विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । यस्तै भेट्रान्स डबल्सतर्फका विजेताले २० हजार र उपबिजेताले १५ हजार रुपियाँ नगद पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । यस्तै जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स र मेन्स डबल्स ९जुनियर० र जनप्रतिनिधि डबल्स विधाको प्रतियोगितासमेत सञ्चालन हुने भएको छ ।

जिल्लास्तरीय कर्मचारी डबल्सका विजेताले २० हजार रुपियाँ र उपविजेताले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । मिक्स डबल्सका विजेताले १५ हजार रुपियाँ र उपविजेताले १० हजार रुपियाँ नगद पुरस्कार पाउने भएका छन् । मेन्स डबल्स ९जुनियर०का विजेताले २० हजार र उपबिजेताले १५ हजार, जनप्रतिनिधि डबल्सका विजेताले १५ हजार तथा उपबिजेताले १० हजार रुपियाँ पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 12:57 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज