गोसाइकुण्ड गाउपालिका र थाहा नगरपालिका बीच आन्तरिक पर्यटक प्रवर्द्धन गर्न सहमति 



गोसाइकुण्ड गाउपालिका उपाध्यक्ष प्रतिमा लामा र थाहा नगरपालिका प्रमुख विष्णु बहादुर बिष्ट बिच  सोमबार मैत्रीपूर्ण भेटघाट भएको छ । 

भेटमा दुई स्थानीय सरकार गोसाइकुण्ड गाउपालिका र थाहा नगरपालिका बीच आन्तरिक पर्यटन प्रवर्द्धन र कृषि आधुनिकीकरणको लागि साझेधारी सहयोग गर्ने बारे विशेष छलफल भएको स्रोतले जानकारी दिनु भएको छन । 

गोसाइकण्ड गाउपालिका उपाध्यक्ष प्रतिमा लामाको नेतृत्वमा गत महिना माघमा स्वास्थ्य क्षेत्र र सम्भावित आन्तरिक पर्यटन प्रवर्द्धनको लागि थाहा नगरपालिकाको भ्रमण भएको थियो  । 

देशको दोगो आर्थिक विकासको लागि पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उपाध्यक्ष लामाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि गोसाइकुण्ड गाउँपालिकाले विभिन्न स्थानीय सरकारहरू सँग छलफल तथा सहकार्य गर्दै जाने हामी सँग बताउनु भयो ।

भेटमा दुई स्थानीय सरकार गोसाइकुण्ड गाउपालिका उपाध्यक्ष प्रतिमा लामा र  थाहा नगरपालिका प्रमुख विष्णु बहादुर बिष्ट बीच भगिनी सम्बन्ध विस्तारका लागि दुई स्थानीय सरकार बीचको सहकार्यको लागि छलफलको साथै  मायाको  चिनो आदानप्रदान गरिएको थियो । 

भेटमा दुई दुई स्थानीय सरकार प्रमुख, उप प्रमुख र प्रशासकीय अधिकृतका साथ अन्य विभागीय प्रमुखहरूको पनि सहभागिता थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०५:३९

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता