ताप्लेजुङको फुङलिङपछि हिलिहाङ बन्यो कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चित पालिका



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो ।

यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर्फ फुङलिङ र गाउँपालिका तर्फ हिलिहाङ पहिलो भएको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमूख तेजबहादुर तुम्बापोले बताउनुभयो ।

हिलिहाङ गाउँपालिकामा रहेका सबै वडामा १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै हिजो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

प्रकाशित मिति : 12:59 pm

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा