ताप्लेजुङको फुङलिङपछि हिलिहाङ बन्यो कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चित पालिका



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । प्रदेशभरका पालिकाहरुतर्फ भने पूर्ण खोप सुनिश्चित गर्ने हिलिहाङ गाउँपालिका प्रदेशको दोस्रो हो ।

यसअघि ताप्लेजुङको फुङलिङ नगरपालिका मापदण्ड अनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पुरा गर्दै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको थियो । प्रदेशभरका १ सय ३७ पालिकामध्ये नगरपालिका तर्फ फुङलिङ र गाउँपालिका तर्फ हिलिहाङ पहिलो भएको जनस्वास्थ्य कार्यालय पाँचथरका प्रमूख तेजबहादुर तुम्बापोले बताउनुभयो ।

हिलिहाङ गाउँपालिकामा रहेका सबै वडामा १५ देखि ५९ महिना उमेरका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै हिजो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।

प्रकाशित मिति : 12:59 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन