मदनकुमार सेन्दाङको अध्यक्षतामा ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन



ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन भएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी सङ्घ गठन गरेको हो।

सङ्घको ११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्ष द्वयमा माया तामाङ र रामबहादुर गुरुङ, सचिवमा लेनिस खड्का, सहसचिव उदिप योङ्हाङ र कोषाध्यक्षमा रोजेश गुरुङ चयन हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा सरस्वती लिम्बू, चित्रगुप्त अधिकारी, गजेन्द्रकुमार सामेखाम, विजयकुमार माबो र रूपनारायण घिमिरे रहनुभएको छ।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल लगायतको उपस्थितिमा सम्पन्न भएको भेलाले कबड्डी सङ्घको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

ताप्लेजुङमा कबड्डी सङ्घ गठन भएसँगै विभिन्न खेलकुद विधाका १० वटा सङ्घ तथा संस्थाको सङ्ख्या पुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।gorkhapatraonline.com

प्रकाशित मिति : 12:52 pm

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

कार्यसम्पादनमा सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका