मदनकुमार सेन्दाङको अध्यक्षतामा ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन



ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक कबड्डी सङ्घ गठन भएको छ। सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी सङ्घ गठन गरेको हो।

सङ्घको ११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्ष द्वयमा माया तामाङ र रामबहादुर गुरुङ, सचिवमा लेनिस खड्का, सहसचिव उदिप योङ्हाङ र कोषाध्यक्षमा रोजेश गुरुङ चयन हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा सरस्वती लिम्बू, चित्रगुप्त अधिकारी, गजेन्द्रकुमार सामेखाम, विजयकुमार माबो र रूपनारायण घिमिरे रहनुभएको छ।

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल लगायतको उपस्थितिमा सम्पन्न भएको भेलाले कबड्डी सङ्घको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

ताप्लेजुङमा कबड्डी सङ्घ गठन भएसँगै विभिन्न खेलकुद विधाका १० वटा सङ्घ तथा संस्थाको सङ्ख्या पुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।gorkhapatraonline.com

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:५२

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना

हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई

ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ