शेयर बजार सामान्य घट्यो



काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) बुधबार सामान्य घटेको छ । नेप्से शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । त्यस्तै साम्लिङ पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज विशाल बजार कम्पनी, बोटलर्स नेपाल ( बालाजु ), बोटलर्स नेपाल (तराई), वीपीडब्ल्यू लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

सामान्य बजार घटेको दिन ५१ लाख १५ हजार कित्ता शेयर दुई अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 2:02 pm

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

ताप्लेजुङ, जेठ १ गते । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग