लडेर घाइते भएका ताप्लेजुङको मिक्वाखोलाका लिम्बूको मृत्यु



ताप्लेजुङ । चिप्लिएर लडी घाइते भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ४ साँवाका ५४ वर्षीय सञ्चबहादुर लिम्बूको मृत्यु भएको छ ।

स्थानीय ज्ञानेन्द्रबहादुर लिम्बूको घरमा सामान पुर्‍याएर घर फर्कने क्रममा वडा कार्यालयमा छेउमा लडेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको उनको मृत्यु भएको प्रहरीले बताएको छ। शव पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको समेत प्रहरी निरीक्षक लुङ्गेलीले बताए । nagariknews.nagariknetwork.com

प्रकाशित मिति : 12:57 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन