सत्यनारायण बहादुरलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै फोनिजले पत्रकार महासंघलाई बुझायो स्मरणपत्र




रेडियो काबेली
ताप्लेजुङ । आदवासी जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गराउनु पर्ने भन्दै मंगलबार स्मरपत्र बुझाएको छ ।सात दिनभित्र श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने अल्टिमेटम (समय सीमा) सहितको स्मरणपत्र फोनिज शाखाले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष आनन्द गौतममार्फत केन्द्रिय समितीलाई स्मरणपत्र बुझाएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले बताउनुभयो ।

स्मरणपत्र फोनिजका लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), केन्द्रीय सदस्य लोकेश लिबाङ लगायतको उपस्थितिमा बुझाइएको हो । इतिहास तथा तथ्य र प्रमाणका आधारमा पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गर्नुपर्ने फोनिज संघीय समितिको कार्यक्रमअनुसार आज देशैभर स्मरणपत्र बुझाएको र सोही कार्यक्रम अन्तरगत ताप्लेजुङ शाखाले पनि स्मरणपत्र बुझाएको फोनिज केन्द्रिय समितीका लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) जानकारी दिनुभयो ।

सात दिनभित्र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा नगरे देशभर पत्रकार महासंघको कार्यालयमा अनिश्चित कालीन तालाबन्दी गर्नेसहित सशक्त आन्दोलनमा उत्रनेसमेत फोनिजले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघको माघ २८ मा “अग्र अनुहार” पुस्तक विमोचन कार्यक्रममा उक्त पुस्तकमा महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्ण प्रसाद भट्टराई उल्लेख गरी ईतिहास बंग्याउन खोजेको भन्दै फोनिजले विरोध गरेको थियो । साथै फोनिजले उक्त विमोचन कार्यक्रम बिथोल्नुका साथै पुस्तक समेत च्यातेको थियो ।

गलत इतिहास सच्याउन माग गर्दै संघर्षरत रहेको फोनिजले यसअघि २०७९ सालमा नै नेपाल पत्रकार महासंघलाई श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्नुपर्ने सोही मागलाई दोहो¥याउँदै फोनिजले पत्रकार महासंघलाई स्मरणपत्र बुझाएको हो ।

प्रकाशित मिति : 11:12 am

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको

मैवाखोलाले विपन्न नागरिकको स्वास्थ्य बीमा गरिदिने

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक रूपमा

ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

ताप्लेजुङ, साउन २१ गते । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको

पालिका अध्यक्षको पारिश्रमिक अभिभावकविहीन बालबालिकालाई

ताप्लेजुङ, साउन २१ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन