सत्यनारायण बहादुरलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै फोनिजले पत्रकार महासंघलाई बुझायो स्मरणपत्र




रेडियो काबेली
ताप्लेजुङ । आदवासी जनजाती पत्रकार महासंघ (फोनिज) ताप्लेजुङले सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गराउनु पर्ने भन्दै मंगलबार स्मरपत्र बुझाएको छ ।सात दिनभित्र श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने अल्टिमेटम (समय सीमा) सहितको स्मरणपत्र फोनिज शाखाले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखा अध्यक्ष आनन्द गौतममार्फत केन्द्रिय समितीलाई स्मरणपत्र बुझाएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले बताउनुभयो ।

स्मरणपत्र फोनिजका लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), केन्द्रीय सदस्य लोकेश लिबाङ लगायतको उपस्थितिमा बुझाइएको हो । इतिहास तथा तथ्य र प्रमाणका आधारमा पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गर्नुपर्ने फोनिज संघीय समितिको कार्यक्रमअनुसार आज देशैभर स्मरणपत्र बुझाएको र सोही कार्यक्रम अन्तरगत ताप्लेजुङ शाखाले पनि स्मरणपत्र बुझाएको फोनिज केन्द्रिय समितीका लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) जानकारी दिनुभयो ।

सात दिनभित्र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा नगरे देशभर पत्रकार महासंघको कार्यालयमा अनिश्चित कालीन तालाबन्दी गर्नेसहित सशक्त आन्दोलनमा उत्रनेसमेत फोनिजले चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघको माघ २८ मा “अग्र अनुहार” पुस्तक विमोचन कार्यक्रममा उक्त पुस्तकमा महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्ण प्रसाद भट्टराई उल्लेख गरी ईतिहास बंग्याउन खोजेको भन्दै फोनिजले विरोध गरेको थियो । साथै फोनिजले उक्त विमोचन कार्यक्रम बिथोल्नुका साथै पुस्तक समेत च्यातेको थियो ।

गलत इतिहास सच्याउन माग गर्दै संघर्षरत रहेको फोनिजले यसअघि २०७९ सालमा नै नेपाल पत्रकार महासंघलाई श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्नुपर्ने सोही मागलाई दोहो¥याउँदै फोनिजले पत्रकार महासंघलाई स्मरणपत्र बुझाएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ११:१२

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ