कक्षा ८ को परीक्षाका लागि ताप्लेजुङको पाथीभरा याङवरकले तोक्यो केन्द्र र केन्द्राध्यक्ष



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय परीक्षाका लागि ५ वटा केन्द्र र केन्द्राध्यक्ष तोकेको छ ।

पालिकाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटे बाहेक बाँकी सबै ४ वटा वडाका प्रत्येक वडामा एक–एक वटा परीक्षा केन्द्र हुनेछन् । परीक्षा चैत ५ गतेसञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वडा नं नाङखोल्याङस्थित कालिका माविमा सोहि मावि,लक्ष्मी आधारभूत बिद्यालय र हिमालय आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्नेछन् । वडा नं २ स्थित थेचम्बु मावि परीक्षा केन्द्र सो मावि सहित महाकाली आधारभूत बिद्यालय र थेचम्बु आधारभूत बिद्यालयका बिद्यार्थी सहभागी हुँदा वडा नं ३ तिरिङगे स्थित कालिका माविमा सो मावि सहित कुम्भकर्ण आधारभूत बिद्यालय र सिद्धकुमारी आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।

वडा नं ४ र वडा नं ५ को संयुक्त परीक्षा केन्द्र रहेको सिद्धेश्वर मावि डुम्रिसेमा सो बिद्यालय सहित चाक्सिबोटे माविका बिद्यार्थी सहभागी हुने भएका छन् । वडा नं ६ थुम्बेदिनस्थित शारदा माविमा सो बिद्यालय सहित जनता आधारभूत बिद्यालय र नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने गाउँपालिकाले जनाएको छ । परीक्षा केन्द्र तोकिएका बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको छ भने बिषय शिक्षक बाहेक एउटा केन्द्रमा तीनजना निरीक्षक रहने प्रवन्ध गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि आठराई त्रिबेणी गाउँपालिकाले पनि कक्षा ८ को पालिका स्तरीय परीक्षाका लागि केन्द्र र केन्द्राध्यक्ष तोकीसकेको छ ।

उज्यालो पोष्ट

प्रकाशित मिति : 1:11 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी