कक्षा ८ को परीक्षाका लागि ताप्लेजुङको पाथीभरा याङवरकले तोक्यो केन्द्र र केन्द्राध्यक्ष



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय परीक्षाका लागि ५ वटा केन्द्र र केन्द्राध्यक्ष तोकेको छ ।

पालिकाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटे बाहेक बाँकी सबै ४ वटा वडाका प्रत्येक वडामा एक–एक वटा परीक्षा केन्द्र हुनेछन् । परीक्षा चैत ५ गतेसञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वडा नं नाङखोल्याङस्थित कालिका माविमा सोहि मावि,लक्ष्मी आधारभूत बिद्यालय र हिमालय आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्नेछन् । वडा नं २ स्थित थेचम्बु मावि परीक्षा केन्द्र सो मावि सहित महाकाली आधारभूत बिद्यालय र थेचम्बु आधारभूत बिद्यालयका बिद्यार्थी सहभागी हुँदा वडा नं ३ तिरिङगे स्थित कालिका माविमा सो मावि सहित कुम्भकर्ण आधारभूत बिद्यालय र सिद्धकुमारी आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।

वडा नं ४ र वडा नं ५ को संयुक्त परीक्षा केन्द्र रहेको सिद्धेश्वर मावि डुम्रिसेमा सो बिद्यालय सहित चाक्सिबोटे माविका बिद्यार्थी सहभागी हुने भएका छन् । वडा नं ६ थुम्बेदिनस्थित शारदा माविमा सो बिद्यालय सहित जनता आधारभूत बिद्यालय र नेपाल राष्ट्रिय आधारभूत बिद्यालयका बिद्यार्थीले परीक्षा लेख्ने गाउँपालिकाले जनाएको छ । परीक्षा केन्द्र तोकिएका बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको छ भने बिषय शिक्षक बाहेक एउटा केन्द्रमा तीनजना निरीक्षक रहने प्रवन्ध गरिएको गाउँपालिकाले जनाएको छ । यसअघि आठराई त्रिबेणी गाउँपालिकाले पनि कक्षा ८ को पालिका स्तरीय परीक्षाका लागि केन्द्र र केन्द्राध्यक्ष तोकीसकेको छ ।

उज्यालो पोष्ट

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार १३:११

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष