ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडान नं. १ स्थित श्री कोर्लोङगे आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
आफ्नो स्व. बुबा सिंघ बहादुर पोमू लिम्बूको स्मृतिमा छोराहरू आठराई त्रिवेणी गाउँपालिका निगुरादिन घर भइ हाल हङकङ निवासी नरेन्द्र पोमू र धरान निवासी चन्द्र (पराजीत) पोमूले रु २ लाखको अक्षयकोष स्थापना गरेको हो ।
उक्त अक्षयकोष आज एक कार्यक्रमका साथ अक्षय कोषका संरक्षक पासाङ शेर्पा र बलिहाङ पोमूले विद्यालयलाई हस्तान्तरण गरेको हाम्रा संवाददाता रोषन शेर्पाले जानकारी दिनु भएको छ ।
साथै ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रम अक्षयकोष संरक्षक पासाङ शेर्पाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
प्रतिक्रिया