कोर्लोङगे आधारभूत विद्यालयमा २ लाखको अक्षयकोष स्थापना



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडान नं. १ स्थित श्री कोर्लोङगे आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । 

आफ्नो स्व. बुबा सिंघ बहादुर पोमू लिम्बूको स्मृतिमा छोराहरू आठराई त्रिवेणी गाउँपालिका निगुरादिन घर भइ हाल हङकङ निवासी नरेन्द्र पोमू र धरान निवासी चन्द्र (पराजीत) पोमूले रु २ लाखको अक्षयकोष स्थापना गरेको हो ।

उक्त अक्षयकोष आज एक कार्यक्रमका साथ अक्षय कोषका संरक्षक पासाङ शेर्पा र बलिहाङ पोमूले विद्यालयलाई हस्तान्तरण गरेको हाम्रा संवाददाता रोषन शेर्पाले जानकारी दिनु भएको छ । 

साथै ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रम अक्षयकोष संरक्षक पासाङ शेर्पाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

प्रकाशित मिति : 1:07 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी