कोर्लोङगे आधारभूत विद्यालयमा २ लाखको अक्षयकोष स्थापना



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडान नं. १ स्थित श्री कोर्लोङगे आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । 

आफ्नो स्व. बुबा सिंघ बहादुर पोमू लिम्बूको स्मृतिमा छोराहरू आठराई त्रिवेणी गाउँपालिका निगुरादिन घर भइ हाल हङकङ निवासी नरेन्द्र पोमू र धरान निवासी चन्द्र (पराजीत) पोमूले रु २ लाखको अक्षयकोष स्थापना गरेको हो ।

उक्त अक्षयकोष आज एक कार्यक्रमका साथ अक्षय कोषका संरक्षक पासाङ शेर्पा र बलिहाङ पोमूले विद्यालयलाई हस्तान्तरण गरेको हाम्रा संवाददाता रोषन शेर्पाले जानकारी दिनु भएको छ । 

साथै ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रम अक्षयकोष संरक्षक पासाङ शेर्पाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

प्रकाशित मिति : 1:07 pm

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली