ताप्लेजुङको मैवाखोला गाउँपालिका बन्यो कार्यसम्पादन मूल्याङ्कनमा कोशी प्रदेशकै पहिलो 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कोशी प्रदेशमा प्रथम भएको छ । कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये मैवाखोला गाउँपालिकाले ४८.३१ अंक प्राप्त गरी पहिलो भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमै पहिलो बनेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । 

जसमा असार १० भित्र बजेट पेश गरेनगरेको, असार मसान्तभित्र बजेट पारित गरेनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेनगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरेनगरेको जस्ता सूचकहरूका आधार मूल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरेनगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवती मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

त्यस्तै, पाँचथरको यङ्वरक गाउँपालिका ४८.२६ अङ्क सहित दोस्रो र भोजपुरको पौवा दुङ्मा गाउँपालिका ४६.८७ अङ्कसहित तेस्रो भएका छन् । यस्तै, ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४६.०३ अंक सहित चौथो, सुनसरीको इनरुवा नगरपालिका ४५.३३ अङ्क सहित पाचौँ भएका छन् । इनरुवा नगरपालिका प्रदेश भरका नगरपालिकामध्ये उत्कृष्ट भएको छ ।

प्रकाशित मिति : 9:37 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको