सिदिङ्वा रनिङ शिल्ड भलिबलको उपाधि पाथीभरा याङ्वरकलाई



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले हात पारेको छ । आज भएको फाइनलमा आयोजक सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।

फाइनल खेलमा २७–२५ ले पहिलो सेट जितेको सिदिङ्वालाई पाथीभरा याङ्वरकले लगातार दोस्रो, तेस्रो र चौथो सेट २५–२१, २५–२१, २५–१३ ले जित हात पार्दै उपाधि जित्न सफल भएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो ।

उपाधि जितसँगै पाथीभरा याङ्वरक गाउँपालिकाले रनिङ शिल्डसहित दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको सिदिङ्वा गाउँपालिकाले एक लाख २५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ ।

तृतीय र चौथो स्थान प्राप्त गरेका अन्य दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरूप समान २५ हजार रुपियाँका दरले प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पाँचथरका दुईसहित सात टोलीका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १३:४५

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी