ताप्लेजुङमा प्रजातन्त्र दिवसको दिन डोरी तान्ने मैत्रीपूर्ण प्रतियोगिता हुने



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा ताप्लेजुङमा सोमवार राजनीतिक दल तथा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको अध्यक्षतामा आइतबार बसेको बैठकले बिभिन्न कार्यक्रममा साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको जिल्ला मूल समारोह समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार फागुन ७ गते जिल्ला समन्वय समितिको परिसरमा वृक्षरोपण समेत गरिने छ । यस्तै जिल्ला समन्वय समितिको प्राङ्गणमा राष्ट्रिय झण्डा झण्डोत्तोलनको कार्यक्रम समेत राखिएको छ ।

प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले फागुन ६,७ र ८ गते तीन दिन घर तथा सार्वजनिक निकायहरूमा साँझ दीपावली गर्न समेत आह्वान गरेको छ । मूल समारोह समितिले जिल्ला भरका सबै स्थानीय तहमा आ–आफु अनुकूल कार्यक्रम तय गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन समेत आग्रह गरेको छ ।

मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिताका लागि मणिशंकर पोमू संयोजक रहेको तीन सदस्यीय समिति गठन भएको छ । समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गणेशप्रसाद पोखरेल तथा ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू सदस्य रहनु भएको छ ।

बिजेतालाई जिल्ला समन्वय समितिमार्फत व्यवस्थापन गर्नेगरी १० हजार रुपैयाँ राशीको पुरस्कारको समेत व्यवस्था गरिएको राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ ।eujyalopost.com

प्रकाशित मिति : 1:13 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा