प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन पछि ताप्लेजुङमा ४ हजार बढिले दर्ता गराए मतदाता नामावली



ताप्लेजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पछि ताप्लेजुङमा ४ हजार ४ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार २ हजार ६ सय ५४ पुरुष र १ हजार ७ सय ९६ महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । दुलालका अनुसार २०७९ साल चैत २८ गते सम्ममा ३ हजार ८ सय ४८ तथा २०८० साल बैशाख देखि फागुन पहिलो साता सम्ममा ६ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ४७ हजार ८० पुरुष र ४१ हजार २ सय ५ महिला गरी कूल ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नयाँ नाम दर्ता सहित मतदाता नामावलीमा नाम दर्ता गर्नेको कूल संख्या ९२ हजार ७ सय ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यक्रममा ३२ जनाले नामावलीमा भएको त्रुटी सच्याएका छन् भने २६ जनाले जिल्ला भित्रको ठेगाना र ४९ जनाले अन्तर जिल्ला ठेगाना सारेको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । eujyalopost.com

प्रकाशित मिति : 1:06 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान