पाँचथर बहुमुखी क्याम्पसको अक्षय कोषका लागि तीन दिनमा ५० लाख संकलन



फिदिम । फिदिम नगरपालिकाले पाँचथर बहुमुखी क्याम्पसको अक्षय कोष स्थापनाका लागि १५ लाख नगद उपलब्ध गराएको छ। नगरपालिकाले क्याम्पसमा जारी श्रीमद् भागवत ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक अध्यात्मिक महोत्सवको अवसर पार्दै नगरपालिकाले आर्थिक सहयोग गरेको हो। नगरपालिकाले विगतमा क्याम्पस सञ्चालन अनुदानका रुपमा वर्षेनी अनुदान उपलब्ध गराँउदै आएको थियो।

यो वर्ष क्याम्पसमा कोष स्थापना हुने भएपछि अक्षय कोषमा राख्ने गरी नगद उपलब्ध गराइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। यसैबिच क्याम्पसमा अक्षय कोष स्थापनार्थ विभिन्न व्यक्तिले रकम उपलब्ध गराउनुभएको छ। नगरपालिकाको सहयोगसँगै तीन दिनमा ५० लाख बढी संकलन भएको क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो।

क्याम्पस दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना सँगै संकाय र विषय थप गर्ने उद्देश्यले आयोजना गरेको क्याम्पस प्रमुख खेमनाथ खतिवडा र उहाँकी धर्मपत्नी सिता अधिकारी खतिवडाले दुई लाख ५५ हजार ५ सय ५५, पूर्व क्याम्पस प्रमुख मुकुन्द खतिवडा र धर्मपत्नी बशुन्धरा खतिवडाले दुई लाख ५२ हजार २ सय ११, फिदिम ४ का देवीप्रसाद अधिकारी र पत्नी विमला अधिकारीले दुई लाख ५२ हजार २ सय ११ रुपियाँ उपलब्ध गराउनुभएको हो।

यस्तै फिदिम २ का नरेन्द्रकुमार केरुङ दम्पत्तिले अक्षयकोष स्थापनार्थ एक लाख ११ हजार १ सय ११ रुपियाँ र फिदिम १ का उमानाथ अधिकारी दम्पतीले एक लाख ३४ हजार ७ सय ५६ रुपियाँ नगद उपलबध गराउनुभएको छ। यस्तै फिदिम १ का रबिन्द खतिवडा दम्पत्तिले एक लाख ६५ हजार ७ सय ५५ तथा पाँचथरको अमरपुरमा जन्मिएर हाल अमेरिका बस्दै आउनुभएका नरेश प्रसाईंले एक लाख ११ हजार १ सय ११ रुपियाँ दान गर्नुभएको क्याम्पसले जनाएको छ।

क्याम्पसले महायज्ञको सन्दर्भ पार्दै फिदिम नगरपालिकामा बसोबास गर्ने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। फागुन २ गते सुरु भएर ९ गतेसम्म सञ्चालन हुने बहुधार्मिक अध्यात्मिक महोत्सव ९ गतेसम्म चल्नेछ। महोत्सवमा हिन्दु, किराँत र बौद्व दर्शनको चर्चा र प्रवचन भइराखेको छ।

बहु धार्मिक महोत्सवमा हिन्दु धर्म दर्शन र शास्त्रमा वाचन प्रविण दिनबन्धु पोखरेल,बौद्व धर्ममा खेन्पो फुर्तेम्बा शेर्पा र किरात दर्शन र मुन्धुमका डा. चन्द्रकुमार शेर्माले प्रवचन दिइरहनु भएको छ।gorkhapatraonline.com

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ०१:००

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित