ताप्लेजुङस्थित कावेली–३ जलबिद्युत आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन करिव २२ मेगावाट क्षमताको कावेली–३ जलबिद्युत आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’भएको छ ।

झण्डै एकहजार दुईसय मिटर दुरीको सुरुङमार्गमा कावेली हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा प्रर्वद्धित कावेली–३ जलविद्युतको १ हजार १८२.१० मिटर दुरीको सुरुङमार्गमा ब्रेक थ्रु भएको कम्पनीका साइट ईञ्चार्ज मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । गत जेठ १० गतेबाट निर्माण गर्न सुरु गरिएको सुरुङमार्गले इन्लेट देखि अडिट–२ सम्म जोड्ने उहाँले बताउनुभयो ।

२१।९३ मेगावाट क्षमता भएको सो आयोजनाको अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये बैकहरुको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ । योजना सञ्चालनका लागि बाँधबाट ५ हजार ५ सय मिटर सुरुङमार्गमार्फत पानीलाई विद्युतगृहमा पु¥याइनेछ । विद्युतगृहमा २ वटा टर्वाईन जडान हुनेछ । टर्वाईनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक १३०.२६ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १८.३५ किलोेमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको पाँचथरस्थित अमरपुर सवस्टेसनमा जोडिनेछ । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी रहने भएको छ । सिरिजङ्गा गाउँपालिका भई बग्ने कावेली खोलाको पानी उपयोग गरी विद्युत उत्पादन गरिने छ । eujyalopost.com

प्रकाशित मिति : 12:53 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन