ताप्लेजुङस्थित कावेली–३ जलबिद्युत आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन करिव २२ मेगावाट क्षमताको कावेली–३ जलबिद्युत आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’भएको छ ।

झण्डै एकहजार दुईसय मिटर दुरीको सुरुङमार्गमा कावेली हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा प्रर्वद्धित कावेली–३ जलविद्युतको १ हजार १८२.१० मिटर दुरीको सुरुङमार्गमा ब्रेक थ्रु भएको कम्पनीका साइट ईञ्चार्ज मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । गत जेठ १० गतेबाट निर्माण गर्न सुरु गरिएको सुरुङमार्गले इन्लेट देखि अडिट–२ सम्म जोड्ने उहाँले बताउनुभयो ।

२१।९३ मेगावाट क्षमता भएको सो आयोजनाको अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये बैकहरुको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ । योजना सञ्चालनका लागि बाँधबाट ५ हजार ५ सय मिटर सुरुङमार्गमार्फत पानीलाई विद्युतगृहमा पु¥याइनेछ । विद्युतगृहमा २ वटा टर्वाईन जडान हुनेछ । टर्वाईनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक १३०.२६ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १८.३५ किलोेमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको पाँचथरस्थित अमरपुर सवस्टेसनमा जोडिनेछ । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी रहने भएको छ । सिरिजङ्गा गाउँपालिका भई बग्ने कावेली खोलाको पानी उपयोग गरी विद्युत उत्पादन गरिने छ । eujyalopost.com

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ००:५३

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक