कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन पुस्तक’ सार्वजनिक



रेडियो काबेली

ताप्लेजुङ। कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन’ पुस्तक सार्वजनिक गरिएको छ। केन्द्रको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको अवसरमा ‘मिलन’ सार्वजनिक गरिएको हो।

साधारण सभाका प्रमुख अतिथि एव्म कर्मचारी मिलन केन्द्रको संरक्षक तथा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले मिलन पुस्तक सार्वजनिक गर्नुभएको हो। मिलन पुस्तकका विविध खोजमुलक विषय समेटिएका लेख, निवन्ध तथा कथा, कविताजस्ता साहित्यिक रचनासमेत समावेश गरिएका छन्।

मिलन ग्रन्थ (पुस्तक) मा मिलन केन्द्रका पदाधिकारी, विषयगत सरकारी कार्यालयका नेतृत्व तथा साहित्यकार, पत्रकार र अन्य विद्वान् व्यक्तित्वसमेत ३७ जनाको लेख, रचनाहरु अटाइएका छन्। केन्द्रद्वारा प्रकाशित पुस्तक मिलन सार्वजनिक गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रकाशित पुस्तकले कर्मचारी मिलन केन्द्र ताप्लेजुङको सक्रियतालाई जीवित राख्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै खोजमुलक लेखहरुसमेत समावेश गरिएकाले सम्बन्धित विषयको उजागर गर्न साथै इतिहास कायम राख्नमासमेत मद्दत पुग्ने उहाँले बताउनुभयो। उहाँले कर्मचारीहरुको आपसी सद्भाव, एकता र सामिप्यता कायम राख्नलाई पनि पुस्तक प्रकाशनले थप टेवा पुग्नसक्ने बताउनुभयो।

विभिन्न संस्थाले आफ्नो गतिविधिलाई मात्र समेटेर स्मारिका प्रकाशन गर्ने गरेकामा कर्मचारी मिलन केन्द्र ताप्लेजुङले भने स्मारिकामा मात्र सीमित नगरी एक बृहत र पठनीय पुस्तकका रुपमा ‘मिलन’ प्रकाशित गरिएको केन्द्रका अध्यक्ष टङ्कबहादुर भट्टराईले बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका भट्टराईले परम्परागत शैलीलाई मात्र निरन्तरता नदिएर रचनात्मक क्रियाकलाप गर्दै जाने केन्द्रको योजना रहेको बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका पूर्वअध्यक्ष खगेन्द्र अधिकारीले प्रकाशित पुस्तकको चर्चा गर्नुभएको थियो।

यता कर्मचारी मिलन केन्द्रको वार्षिक साधारण सभामा केन्द्रले गर्दै आएको गतिविधि, उपलब्धि, आगामी कार्यभार लगायतका विषयमा छलफल भएको छ। कर्मचारीहरुको सुख, दुःख र पिरमर्का बिसाउने साझा चौतारीका रुपमा स्थापित कर्मचारी मिलन केन्द्रलाई थप जिम्मेवार बनाउन संगठन सक्रिय रहने विषयमा पनि छलफल भएको केन्द्रकी सचिव एवम् नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार आपसी भातृत्व, एकता र सु–सम्बन्धलाई मजबुत बनाउनेगरी मिलन केन्द्रको क्रियाकलाप हुनुपर्ने विषयमा समेत साधारण सभामा छलफल भएको छ। साधारण सभासँगै कर्मचारीबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले शनिबार वनभोज कार्यक्रम पनि सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

प्रकाशित मिति : 2:22 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ