प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन



ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ । बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उहाँले बताउनुभयो ।

गतवर्ष पनि पाथीभराको दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किनुभएको छ ।

प्रकाशित मिति : 2:51 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन