भानु माविको ७५औँ वार्षिक उत्सव सम्पन्न



साहारा लङवा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव सम्पन्न भएको छ । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा फागुन २ गते पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभएको उक्त उत्सव जिल्ला समन्वय समिति प्रमुख छिरिङ् लामाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

वार्षिक उत्सव कार्यक्रममा भानु जन मा.वि. का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विधार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिएको छ । यस्तै वर्तमान ४ जना शिक्षकहरूलाई जनही ५ हजारको दरले सम्मान गरिएको छ । जसमा मैया देवी थापा, संखर श्रेष्ठ, सोएक्षा गुरुङ र पूरुषोतम दाहाललाई सम्मान गरिएको हो । साथै विद्यालयका पूर्व कर्मचारी बुद्धिमान मादेनलाई पनि नगद ५० हजारसहित सम्मान गरिएको छ ।

वार्षिक उत्सव कार्यक्रमा माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम समेत भएको छ ।  हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगिताको दोस्रो कञ्चनजङ्घा बोर्डिङ स्कुल भएको छ भने, भानु मा.वि. र मयाम मा.वि. फुरूम्बु तेस्रो भएको छ । फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो ।

भलिबल प्रतियोगिताको छात्रा तर्फको उपाधि भानु मा.वि.ले हात पारेको छ । कञ्चनजङ्घा बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै भानु विजयी भएको हो । यस्तै छात्र तर्फको उपाधि पनि भानु मा.वि.ले नै हात पारेको छ । भानु मा.वि. ‘बी’लाई पराजित गर्दै भानु ‘ए’ ले उपाधि हात पारेको हो ।

वार्षिक उत्सवको अवसरमा ताप्लेजुङको शिरैमा सेतो जहार बोलको गीति वृत्तचित्र पनि बिमोचन गरिएको छ । सहायक प्रमूख जिल्ला अधिकारी टंक भट्टराईले लेख्नुभएको गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका मिलन नेवारको आवाजमा रहेको उक्त गीति वृत्तचित्र विमोचन गरिएको हो । यो सँगै पुण्यप्रसाद खलेरद्धारा लिखित ‘पुण्यप्रसादका कथा’ पुस्तक पनि विमोचन गरिएको छ ।

२००६ सालमा स्थापना भएको विद्यालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साइन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विद्यार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ ।

विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा केही समय अघिबाट जिल्लामा नै पहिलो पटक आईटी एकेडेमी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाइनिङका कक्षा समेत सञ्चालन भई रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १३:४३

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित