भानु माविको ७५औँ वार्षिक उत्सव : हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध बोर्डिङ स्कुल प्रथम



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव अवसरमा भएको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध बोर्डिङ स्कुल प्रथम भएको छ । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा हिजोबाट सुरु भएको उक्त उत्सवमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध प्रथम भएको हो ।  

यस्तै प्रतियोगिताको दोस्रो कञ्चनजङ्घा बोर्डिङ स्कुल भएको छ भने, भानु मा.वि. र मयाम मा.वि. फुरूम्बु तेस्रो भएको छ । फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । 

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गरेको महोत्सवको समापन भोलि हुने विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनु भएको छ । वार्षिक उत्सव कार्यक्रममा भानु जन मा।वि का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने छ । 

२००६ सालमा स्थापना भएको विद्यालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । 

प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साइन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विद्यार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । 

विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा केही समय अघिबाट जिल्लामा नै पहिलो पटक आईटी एकेडेमी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाइनिङका कक्षा समेत सञ्चालन भई रहेको छ ।

प्रकाशित मिति : 2:08 pm

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली