पाथिभरामा केबलकार निर्माण प्रति सिरीजङघा गाउँपालिकाको ध्यानाकर्षण



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथिभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गरिने कार्य प्रारम्भ भएको प्रति सिरीजङघा गाउँपालिकाले ध्यानाकर्षण गराएको छ । पाथिभरा क्षेत्र सिरीजङघा गाउँपालिकाको समेत भौगोलिक क्षेत्र पर्ने भएको भन्दै गाउँपालिका सँग आधिकारिक रुपमा संस्थागत समन्वय एवम् सहकार्य नगरी केबलकार निर्माणको कार्य अघि बढाएको भन्दै ध्यानाकर्षण गराएको हो । 

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै परियोजनाको विस्तृत परियोजना प्रस्ताव (डि.पी.आर.) को आधिकारिक सार्वजनीकिकरण नगरी, भौतिक पूर्वाधारको मापदण्ड छलफल नगरी, ऐतिहासिक क्षेत्रको मौलिकता र दिगो विकासलाई ध्यान नदिई उक्त क्षेत्रमा केबलकार निर्माण प्रकृया अघि बढेको र विभिन्न निकायलाई हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको सुचना प्राप्त भएकोले यस प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

पाथिभरा क्षेत्रमा गरिने विकास निर्माण कार्य एवम् मौलिक बचाउने कार्यहरूमा गाउँपालिकासँग छलफल तथा वार्ताको माध्यमबाट निर्णय गरी आवश्यक प्रकृया अगाडि बढाउन अनुरोध गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै गाउँपालिकाले उक्त शर्तहरुमा गम्भिर छलफल एवम् समन्वय नगरी गरिने निर्माण कार्यबाट हुने क्षति र समस्याको जिम्मेवार निर्माण कम्पनी तथा सरोकारवालाहरू स्वयं हुने चेतावनी समेत दिएको छ ।  

प्रकाशित मिति : 3:16 pm

लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान

ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा

घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री