भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस



आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ ।

सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

यसैबीच भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवसको अवसरमा चितवको सौराहामा फुड फेस्टिवल भैरहेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजनामा १८ औँ संस्करणको फुड फेस्टिवल भैरहेको हो । आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएका छन् ।

व्यवसायी समेत उत्साहित भएका छन् । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो । फुड फेस्टिवल भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०५:०२

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय