भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस



आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ ।

सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

यसैबीच भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रेम दिवसको अवसरमा चितवको सौराहामा फुड फेस्टिवल भैरहेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल ९रेवान० सौराहा चितवनको आयोजनामा १८ औँ संस्करणको फुड फेस्टिवल भैरहेको हो । आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएका छन् ।

व्यवसायी समेत उत्साहित भएका छन् । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको संयोजक सूर्यबहादुर रिमालले बताउनुभयो । फुड फेस्टिवल भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति : 5:02 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी