१ वर्षमा ७० हजारभन्दा धेरै नेपाली स्थायी बसोबासका लागि विदेशिए



काठमाडौं । गएको वर्ष नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसोबासका लागि विदेशिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा अध्यागमन विभागले यो जानकारी दिएको हो ।

विभागका विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना भित्रिएका बताउनुभयो । उहाँले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको बताउनुभयो । उहाँले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका जानकारी दिनुभयो ।

महानिर्देशक तामाङले यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश नभएको बताउनुभयो । सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ । महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ समाल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको बताउनुभयो । अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : 1:27 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी