शेयर बजार साढे १० अङ्कले घट्यो




काठमाडौँ । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर दुई हजार ८५ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज विकास बैंक, हाइड्रोपावर र म्युचल फन्ड बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको शेयर १ प्रतिशतले बढेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब आठ करोड रुपैयाँमा कारोबार भयो । हिमालयन रिइन्सुरेन्सको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 11:12 am

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन

भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान 

ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न

ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको