शेयर बजार साढे १० अङ्कले घट्यो




काठमाडौँ । शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर दुई हजार ८५ दशमलव ८२ विन्दुमा झरेको छ ।

आज विकास बैंक, हाइड्रोपावर र म्युचल फन्ड बाहेक अरू समूहको शेयर घटेकोमा उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र कुथेली बुखारी हाइड्रोको शेयर १ प्रतिशतले बढेको छ ।

आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब आठ करोड रुपैयाँमा कारोबार भयो । हिमालयन रिइन्सुरेन्सको ६२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 11:12 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था