ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दियो विव्यसका पदाधिकारीलाई क्षमता विकास तालिम



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार विद्यालय व्यवस्थापन समिति ९विव्यस० का पदाधिकारीलाई मंगलबार र बुधबार दुई दिने तालिम प्रदान गरिएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा विव्यसका पदाधिकारी अर्थात अध्यक्षहरुलाई क्षमता विकास तालिम दिएको स्वकीय सचिव थापाले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समितिको भूमिकालाई थप जिम्मेवार बनाउनका लागि विव्यस पदाधिकारीलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । क्षमता विकास तालिमले विव्यस पदाधिकारीलाई आफ्नो भूमिका निर्वाह गर्नका लागि थप सक्रिय बनाउने र विद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताउनुभयो ।

पाँच वडा रहेको गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालय र अन्य आधारभूतसहित दर्जन बढी सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई तालिम प्रदान गरिएको हो । तालिम गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ, साँवामा सञ्चालन गरिएको बताइएको छ । eujyalopost.com

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १०:५२

पाथिभरा मन्दिरमा घण्टी गेट निर्माण

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा घण्टी गेट

माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु

ताप्लेजुङ । माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु भएको

फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना भएको छ

पूर्वाधार विकास मन्त्री राईद्वारा जिल्ला अस्पताल ताप्लेजुङको अनुगमन

ताप्लेजुङ । कोशी प्रदेशका पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुपेन्द्र राईले

लाखे जात्राको अवसरमा मेला, व्यापार एव्म साँस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने

ताप्लेजुङ । ताप्लेजुङमा हरेक वर्ष नेवारी समुदायको साँस्कृतिक पर्व गोठेमंगल