ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दियो विव्यसका पदाधिकारीलाई क्षमता विकास तालिम



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ । पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार विद्यालय व्यवस्थापन समिति ९विव्यस० का पदाधिकारीलाई मंगलबार र बुधबार दुई दिने तालिम प्रदान गरिएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा विव्यसका पदाधिकारी अर्थात अध्यक्षहरुलाई क्षमता विकास तालिम दिएको स्वकीय सचिव थापाले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका रहने हुँदा समितिको भूमिकालाई थप जिम्मेवार बनाउनका लागि विव्यस पदाधिकारीलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । क्षमता विकास तालिमले विव्यस पदाधिकारीलाई आफ्नो भूमिका निर्वाह गर्नका लागि थप सक्रिय बनाउने र विद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताउनुभयो ।

पाँच वडा रहेको गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालय र अन्य आधारभूतसहित दर्जन बढी सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई तालिम प्रदान गरिएको हो । तालिम गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ, साँवामा सञ्चालन गरिएको बताइएको छ । eujyalopost.com

प्रकाशित मिति : 10:52 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका