ताप्लेजुङमा बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडियो



ताप्लेजुङ । ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ । पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो ।

डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको जानकारी दिनुभयो । साहले लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको बताउनुभयो । बिक्री नभएपछि डिभिजन वन कार्यालय परिसरमा रहेको एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार एक हजार ३७८.४४ क्युविक फिट उत्तिस र २४.४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो । करिब दुई वर्षअघि अवैध रूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो । उक्त काठ चाँडै सड्ने वा मक्काउने प्रजातिमा पर्दछ । सडेको काठ प्रयोगमा नआउने र यसबाट लाखौँ रुपियाँ बराबरको राजस्व रकम गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ ।

यता लिलाम बिक्रीको प्रक्रिया सुरु गर्नलाई नै कानुनी झन्झटिलो रहेको अर्थात् लामो समय लाग्ने भएकाले काठ सड्ने गरेको डिभिजनल वन अधिकृत साहको भनाइ छ । लिलामीको प्रक्रियासम्म पुग्दा काठ प्रयोगमा ल्याउन नमिल्ने खालको हुने भएकाले बिक्रीमा समस्या हुने गरेको उहाँले बताउनुभयो । बिक्री नभएको गोलिया काठ दाउरा बाल्नुबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने अवस्थाको भइसकेको छ । gorkhapatraonline.com

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १०:३६

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता