ताप्लेजुङमा बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडियो



ताप्लेजुङ । ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ । पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो ।

डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको जानकारी दिनुभयो । साहले लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको बताउनुभयो । बिक्री नभएपछि डिभिजन वन कार्यालय परिसरमा रहेको एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ सड्दै गएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार एक हजार ३७८.४४ क्युविक फिट उत्तिस र २४.४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो । करिब दुई वर्षअघि अवैध रूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो । उक्त काठ चाँडै सड्ने वा मक्काउने प्रजातिमा पर्दछ । सडेको काठ प्रयोगमा नआउने र यसबाट लाखौँ रुपियाँ बराबरको राजस्व रकम गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ ।

यता लिलाम बिक्रीको प्रक्रिया सुरु गर्नलाई नै कानुनी झन्झटिलो रहेको अर्थात् लामो समय लाग्ने भएकाले काठ सड्ने गरेको डिभिजनल वन अधिकृत साहको भनाइ छ । लिलामीको प्रक्रियासम्म पुग्दा काठ प्रयोगमा ल्याउन नमिल्ने खालको हुने भएकाले बिक्रीमा समस्या हुने गरेको उहाँले बताउनुभयो । बिक्री नभएको गोलिया काठ दाउरा बाल्नुबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने अवस्थाको भइसकेको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 10:36 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका