ताप्लेजुङको आम्बेगुदिनका एक पुरुष मृत फेला 



ताप्लेजुङ । पाँचथर याङ्वरक गाउँपालिका वडा नं २ थर्पु घर भई हाल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन निवासी ३३ बर्षिया हरि खड्का मृत अवस्थामा फेला परेका छन् । बुधवारबाट हराइरहेका खड्का स्थानीय महभीरबाट करिव ५ सय मिटर तल निबुखोला नजिक मृत अवस्थामा फेला परेका हुन् । 

ससुराली घर बस्दै आएका उनी बुधवार मध्यान्तरतिर सिनाम मावली घर जान्छु भनी हिँडेको तर फर्कि नआएपछि उनको खोजतलास सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीले बताउनुभयो । 

 बिहीबार बिहान स्थानीयले निबुखोला छेउमा एक मृत शरीर देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 10:30 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा