ताप्लेजुङको मेरिङ्देनको वनमा लागेको डढेलोले एक घर जलेर नष्ट



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो ।

गाउँपालिकाका अध्यक्ष यकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार सान्थाक्राका स्थानीय प्रतिमान विश्वकर्माको घर आगलागी भएको हो । आगलागीले विश्वकर्माको घर पूर्णरुपमा जलेर नष्ट अध्यक्ष हाङ्गामले बताउनुभयो । डढेलोका कारण घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पूर्ण सामग्री नष्ट भएको पनि उहाँले जानकारी दिनुभयो ।

सान्थाक्रा र वडा ३ खाम्लुङको सिमानामा रहेको साक्फारा वनमा मङ्गलबार दिउँसोदेखि डढेलो सुरु भएको थियो । वनमा लागेको डढेलो तत्काल नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, प्रहरीलगायतले कोसिस गरे पनि हावाहुरीका कारण सम्भव नभएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । वनमा डढेलो कसरी सुरु भयो भन्ने विषय थाहा नभएको पनि उहाँको भनाइ छ । gorkhapatraonline.com

प्रकाशित मिति : 10:41 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा