ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला



ताप्लेजुङ । ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । केही दिन अघिदेखि बेपत्ता भएका फुङलिङ नगरपालिका वडा नं.९ हाङदेवा निवासी ७१ वर्षीय रामबहादुर महतारा मृत अवस्थामा फेला परेका हुन् ।

उनी सदरमुकाम नजिकै रहेको नर्सरी स्थित च्यानडाँडामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

उनको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव ग्रहमा राखिएको छ।

उनी बेपत्ता भएको भन्दै गत शुक्रबार उनका आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १२:००

मैवाखोलामा दलित शसक्तीकरणका लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँपालिकामा दलित शसक्तीकरणका लागि अक्षय

मैवाखोला गाउँपालिकाका ६ वटै वडाहरुमा कफि खेतीको सम्भावना रहेको निष्कर्ष

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ६ वटै वडा कफी

पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा फुलबारीका पुरुष वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका एक पुरुष

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८