ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला



ताप्लेजुङ । ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । केही दिन अघिदेखि बेपत्ता भएका फुङलिङ नगरपालिका वडा नं.९ हाङदेवा निवासी ७१ वर्षीय रामबहादुर महतारा मृत अवस्थामा फेला परेका हुन् ।

उनी सदरमुकाम नजिकै रहेको नर्सरी स्थित च्यानडाँडामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

उनको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव ग्रहमा राखिएको छ।

उनी बेपत्ता भएको भन्दै गत शुक्रबार उनका आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : 12:00 pm

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन