फागुन १ देखि १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आठराई त्रिवेणीमा हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ‘१४औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८०’ सञ्चालन हुने भएको छ । प्रतियोगिता फागुन १ गते देखि आठराई त्रिवेणी गाउँपालिका फुलबारीको महभिर खेलमैदानमा हुने भएको हो । 

आज एक पत्रकार सम्मेलन गर्दै राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम खेल सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश माबोले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार खेलाका विधाहरुमा भलिबल छात्र छात्रा, कवड्डी छात्र छात्रा, एथलेटिक्स छात्र छात्रा, सितोरीयो कराँते छात्र छात्रा, तेक्वान्दौ छात्र छात्रा र उसु छात्र छात्रा रहेका छन् । 

जसमा मेडल तर्फ स्वर्ण छात्र छात्रा गरी जम्मा ६६ वटा, रजत छात्र छात्रा गरी जम्मा ६६ वटै र कास्य छात्र छात्रा गरी ७० वटा रहेको छ । प्रतियोगिताको आयोजकमा जिल्ला खेलकुद विकास समिति ताप्लेजुङ रहेको छ भने आठराई त्रिवेणि गाउँपालिको संयोजन रहने छ । 

यो भन्दा अघि भएका राष्ट्रपति रनिङ शिल्ड भन्दा यो वर्ष भने अलिक पृथक तरिकाले सम्पन्न गर्ने योजना रहेको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउँनुभयो । उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिकाको ७ वटा विद्यालयमा मार्सल आर्ट पनि सञ्चालन भइरहेको छ । 

यस अघि पालिका स्तरीय प्रतियोगिता भने सम्पन्न भइसकेको छ । पालिका स्तरीय प्रतियोगितामा छनोट भएका विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । यस्तै यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरूले भने, प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पउनेछन् ।

प्रकाशित मिति : 5:57 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी